उद्धार कार्य प्रभावित होला भनेर हामी घटनास्थल गएनौँ : गृहमन्त्री लामिछाने

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण
उद्धार कार्य प्रभावित होला भनेर हामी घटनास्थल गएनौँ : गृहमन्त्री लामिछाने

फाइल फाेटाे

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले खोजी तथा उद्धारको काममा सबै सुरक्षा निकायसहित सरकारी संयन्त्रहरू परिचालन गरिएको जनाएका छन् । 

मन्त्रिपरिषद्को आकस्मिक बैठकको केहीपछि सामाजिक सञ्जालमार्फत मन्त्री लामिछानेले यस्तो जनाएका हुन् । उनले दुर्घटनास्थलबाट केही शव निकालिएको जानकारी दिएका छन् । 

‘पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्यका लागि सबै सुरक्षा निकायसहित सरकारी संयन्त्रहरू परिचालन गरिएको जानकारी गराउँदछु,’ उनले भनेका छन्, ‘दुर्घटनास्थलबाट केही शव निकालिएका छन् भने थप उद्धारको कार्य जारी छ ।’ 

उनले प्रधानमन्त्री र आफू घटनास्थल जाने निर्णय भए पनि उद्धार कार्य झन् प्रभावित हुने सम्भावनाको कारण भ्रमण स्थगित गरेको बताएका छन् । ‘म र सम्माननीय प्रधानमन्त्रीज्यू त्यहाँ पुग्दा उद्धार कार्य झन् प्रभावित होला भनेर हामीले अहिले तत्कालका लागि त्यहाँ नजाने निर्णय गरेका छौँ । काठमाडौंबाट लिनुपर्ने निर्णय र उद्धारलगायतका प्रतिकार्यमा कुनै कसर बाँकी नरहने गरी जुटिरहेका छौँ,’ उनले भनेका छन् । 

सुझावित समाचार