चिनियाँ राजदूतले दिए समवेदना

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण

पोखरामा आज भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति नेपालस्थित चीनका राजदूत चेन सोंगले दुःख व्यक्त गरेका छन् । 

सामाजिक सञ्जाल ट्विटरमार्फत राजदूत चेनले भनेका छन्, ‘पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाले म निकै स्तब्ध छु । यस दुःखद घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ ।’ 

उनले मृतकहरूप्रति गहिरो समवेदना तथा शोक सन्तप्त परिवार र घाइतेहरूप्रति समवेदना प्रकट गरेका छन् । 

सुझावित समाचार