दैलेखकी खड्कालाई अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा रजत पदक

शनिबार, ३० पुष, २०७९
डिजिटल संस्करण

दैलेखकी कराँते खेलाडी हेमा खड्काले बंगलादेशमा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता– २०२३ को खुल्ला महिला सिनियर कातामा रजत पदक जितेकी छिन् ।

चौँथो अन्तर्राष्ट्रिय ओपन कराँते च्याम्पियनका लागि उनी नेपालबाट सिनियर ईन्डिभिजुअल फिमेल कातामा सहभागी भएकी हुन् । बंगलादेशमा रहेकी खड्का कुमेतेकुमेते फाइटका लागि आज प्रतिस्पर्धा गर्ने तयारीमा छिन् ।

जन्मभूमि दैलेखमै बसेर उनी खेल क्षेत्रसँगै अन्य सामाजिक कार्यमा समेत सक्रिय हुँदै आएकी छिन् । आफूले लामो समयसम्म खेल क्षेत्रमा गरेको मेहनतले थोरै भएपनि आफ्नो जन्मभूमि दैलेख र नेपालको पहिचान बढेको उनको प्रतिक्रिया दिएकी छिन् ।

सुझावित समाचार