गीतकार प्रकाशको ‘एउटै छानो, एउटै मानो’ सार्वजनिक

शनिबार, ३० पुष, २०७९
डिजिटल संस्करण

गीतकार प्रकाश सुवेदीको शब्द सृजनामा तयार पारिएको ‘एउटै छानो एउटै मानो’ बोलको गजलको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

बिहीबार सार्वजनिक भएको उक्त गजलमा टेक बहादुर बलम्पाकीले स्वर दिएका छन् ।  संगीतकार लक्ष्मण शेषले संगीत दिएको उक्त गजलको संगीत संयोजन भने  दिनेश सुनामले गरेका छन् । 

आफ्नी प्रेमिकालाई अनुरोधात्मक शैलीमा अब घरजम गरेर सँगै बसौँ भन्ने भावसहित आह्वान गरिएको गजलका शब्द अत्यन्तै सरल छन्। गीत र गजलहरुका शब्द र शैलीमा सरल र भावपक्ष  गहन हुनुपर्छ भन्ने मान्यता राख्दै सृजना गर्ने प्रकाशको सरलपन आफ्नो स्वभाव पनि हो। 

नारायण राज आचार्यले ध्वनि सम्पादन गरेको गजलको लिरिकल भिडियो वर्ल्ड कभर मिडियाका सम्पादक लोकेश भाटले तयार पारेका हुन्। 

एउटै छानो एउटै मानो गरौँ हुँदैन र
सँगै बसी माना पाथी भरौँ हुँदैन र 

सुझावित समाचार