मधेसको मुख्यमन्त्रीमा जसपाका यादवको दाबी

बुधबार, २७ पुष, २०७९
डिजिटल संस्करण

मधेस प्रदेशमा सरकारको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादवले दाबी पेस गरेका छन् । 

जसपा, एमाले, जनमत, माओवादी, राप्रपा, नेपाल संघीय समाजवादी र स्वतन्त्रका गरी ६३ सांसदको समर्थनसहित यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । 

उनीहरूले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गरेका छन् । यादवलाई कांग्रेस, एकीकृत समाजवादी र लोसपाले पनि समर्थन दिने सम्भावना देखिएको छ । 
 

सुझावित समाचार