गायिका खरेलको ‘जहाँ तिमी अनि म’

मंगलबार, १३ चैत, २०८०
डिजिटल संस्करण

गायिका सिम्पल खरेलको स्वरमा  सजिएको  नयाँ म्युजिक भिडियो ‘जहाँ तिमी अनि म’ सार्वजनिक  भएको छ । 

प्रेमिल शैलीको गीतमा शब्द विष्णुबाबु देवकोटाको रहेको छ भने संगीत लोकप्रिय संगीतकार टीका दाहालले दिएका छन् । गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् ।  

भिडियोमा स्वयं गायिका खरेल फिचर्ड छिन् । हरि हुमागाईंको  छायांकन र सम्पादन रहेको गीत गायिका खरेलको निर्देशनमा तयार पारिएको हो ।  खरेलकै आधिकारिक च्यानल ‘सिम्पल खरेल’मार्फत  भिडियो सार्वजनिक भएको हो ।

सुझावित समाचार