लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि विश्वासको मत दिने भएको छ । आज बसेको लोसपा संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । 

प्रतिनिधिसभामा चार सांसद रहेको लोसपाको केही दिनअघि बसेको कार्यकारिणी समितिको बैठकले विश्वासको मतसम्बन्धी निर्णय लिन पार्टी अध्यक्ष महन्थ ठाकुरलाई जिम्मेवारी दिएको थियो । 

आज बसेको दलको बैठकमा ठाकुरले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय सुनाएका हुन् । 

सुझावित समाचार