सप्तरीमा शीतलहर : स्थानीय प्रशासनद्वारा मुसहर बस्तीमा सिरक वितरण

आइतबार, २४ पुष, २०७९
डिजिटल संस्करण

सप्तरीमा अति विपन्न र गरिब परिवारको पहिचान गरी न्यानो कपडा बाँड्न सुरु गरेको छ। जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आइतबारदेखि विपन्न बस्तीमा न्यानो कपडा बाँड्न सुरु गरेको हो। 

पहिलो चरणमा आज राजविराज–९ बिहारपुरस्थित मुसहर बस्तीमा अति विपन्न २० परिवारलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा नेतृत्वको टोलीले कम्बल तथा सिरक वितरण गरेको छ।  थापाले भने, ‘आजदेखि वितरण सुरु गरिएको छ। वार्डबाट सिफारिस आएलगतै मुसहर बस्तीमा वितरण गरेँ। अझै वितरण गरिन्छ।’ 

तराईका जिल्लामा एक साताअघिदेखि अध्यधिक चिसो बढेको छ। चिसोले जनजीवन प्रभावित भएको छ।
 

See More On

सुझावित समाचार