डोल्पाबाट काठमाडौं जाने क्रममा पिसाब फेर्न झरेका लामा एकसातादेखि बेपत्ता

शुक्रबार, २२ पुष, २०७९
डिजिटल संस्करण

डोल्पाको काइके गाउँपालिका–१ बस्ने ६८ वर्षीय सार्की लामा एकसाता देखि बेपत्ता भएका छन्।डोल्पाबाट काठमाडौं जाने क्रममा एकसाता अघि नगलपरासीको दुम्कीबासबाट हराएका लामा अझै फेला नपरेका हुन्।

रात्रीबस रोकिएको समयमा पिसाब गर्न बाहिर निस्किएका लामा गाडीमा फिर्ता नभएको खबर सुनेको काइके गाउँपालिकाका स्थानीय ओम मगरले बताए। लामाले जाजरकोटको तल्नुबगरबाट रात्रीबस चढेर काठमाडौं हिँडेको उनले बताए। बेपत्ता लामाको खोजी गरिदिन आफन्तले आग्रह गरेका छन्।

See More On

सुझावित समाचार