पोखरा विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षणको स्वीकृति

शुक्रबार, २२ पुष, २०७९
डिजिटल संस्करण

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति दिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार सो जानकारी दिएका हुन्।

आयोजनाको प्रभावकारी व्यवस्थापन र यथेष्ट लाभको सुनिश्चितता गर्न सरकारले आवश्यक जनशक्तिसमेत व्यवस्थापन गर्ने निर्णय गरेको मन्त्री पौडेलले जानकारी दिए।

सुझावित समाचार