सफ्टवेरिकामा ‘जब प्लेसमेन्ट विक’, रोजगारीका लागि छानिए सय बढी विद्यार्थी

शुक्रबार, १५ पुष, २०७९
डिजिटल संस्करण

सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्शले विद्यार्थीहरूका लागि ‘जब प्लेसमेन्ट वीक’ सञ्चालन गरेको छ।  आइटीमा १२ वर्ष पुरानो यस कलेजले विद्यार्थीहरूका लागि विभिन्न कम्पनीहरूमा रोजगारीको पहल गर्न सो कार्यक्रम आयोजना गरेको हो।

‘जब प्रोभाइडर र जब सीकरबीच पुल बन्नका लागि यो कार्यक्रम सञ्चालन गरेका हौँ,’ कलेज प्रमुख प्रमोद पौडेलले भने। रोजगारीका लागि विद्यार्थीलाई कसरी तयार पार्ने भन्नेबारे यस कार्यक्रमले सहयोग गरेको उनको भनाइ छ।

यस कार्यक्रममा कम्प्युटिङ, इथिकल ह्याकिङ र साइबर सेकुरिटीबारे विद्यार्थी र विभिन्न कम्पनीका अधिकारीहरूबीच छलफल गराइएको थियो। ‘जब प्लेसमेन्ट वीक’मा कलेजका पूर्वविद्यार्थी, अध्ययनरत विद्यार्थीह एवम्  विभिन्न २० कम्पनीका प्रतिनिधिहरूको सहभागीता रहेको कलेजले जनाएको छ।

बिहीबार सकिएको कार्यक्रममा १५० विद्यार्थी सहभागी थिए। जसमा १०० भन्दा बढी विद्यार्थी छानिएका कलेज प्रमुख पौडेलले जानकारी दिए। कार्यक्रमअन्तर्गत विभिन्न कम्पनीका प्रतिनिधिहरूले विविध विषयमा प्रशिक्षणसमेत दिएका थिए।

कलेजका पूर्व विद्यार्थी एवम् आयात डिजिटल कम्पनी प्रालिका सञ्चालक प्रशान्त कोइरालाले आफूले विगतमा भ्याकेन्सी अनाउन्स गर्दा पनि जनशक्ति पाउन नसकेको सुनाए। उनले यस कार्यक्रमले विद्यार्थीहरूलाई रोजगारका लागि समेत तयार पारेको भन्दै खुशी व्यक्त गरे।

कलेजले विद्यार्थीहरूका लागि अध्ययन तथा अनुसन्धान केन्द्रको समेत व्यवस्था गरेको छ। यस्तै जेहेन्दार विद्यार्थीहरूका लागि स्कलरसीपको व्यवस्था गरिएको  कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए। उनका अनुसार कलेजमा अध्ययनरत अधिकांश विद्यार्थीहरूले ग्राजुएट हुनुअघि नै रोजगारी पाउने गरेको छन्। साथै ग्राजुएट भएकाहरूले तीन महिनाभित्रै रोजगारी पाउने गरेको उनले बताए।

‘कोड रस’का एसोसिएट प्रोडक्ट म्यानेजर सृष्टी श्रेष्ठले विगतमा सफ्टवेरिका कलेजबाट ग्राजुएट भएका विद्यार्थीहरूले रोजगारीका क्रममा राम्रो पफर्मेन्स गरेकाले अहिले पनि आफू विद्यार्थीसँग सहकार्य गर्न कलेजमै आएको बताइन्।

कार्यक्रममा  लिफरक, मिदास टेक्नोलोजी, जिनिस सोलुसन, डिशहोम, हिताची इनर्जी, सुविधा सेवा, आयात डिजिटल, टेक क्राफ्टलगायतका कम्पनीहरू सहभागी थिए।

सुझावित समाचार