मधेसमा कांग्रेसको संसदीय दलको नेतामा कृष्णप्रसाद यादव

शुक्रबार, १५ पुष, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा प्रदेश सभापति कृष्णप्रसाद यादव विजयी भएका छन्। बिहीबार भएको संसदीय दलको निर्वाचनमा सभापति यादव भारी मतान्तरले दलको नेतामा निर्वाचित भएका हुन्।

प्रदेश सभामा कांग्रेसका २२ सांसद रहेका छन्। त्यसमध्ये सभापति यादवले १८ मत ल्याएर दलको नेतामा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी प्रदेशका पूर्वमन्त्री रामसरोज यादवले चार मत मात्र ल्याए।

यसअघि पार्टीको प्रदेश अधिवेशनमा पनि प्रदेश सभापतिमा पनि दुवैबीच प्रतिस्पर्धा हुँदा कृष्ण नै विजयी भएका थिए। पार्टी सभापति शेरबहादुर देउवानिकट रहेका प्रदेश सभापति यादवलाई दलका नेताका आकांक्षी पूर्वमन्त्री वीरेन्द्रप्रसाद सिंहसहितले सहयोग गरेका हुन्।  पूर्वमन्त्री यादव नेता विमलेन्द्र निधिनिकट मानिन्छन्।
 

सुझावित समाचार