प्रचण्डले माधव नेपाललाई फूलमालाले स्वागत गर्नुपर्छ : वामदेव

निःशर्त सरकारमा सहभागी हुन नेपाललाई गौतमको सुझाब

मंगलबार, १२ पुष, २०७९
डिजिटल संस्करण

नेकपा एकता राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रचण्ड नेतृत्वको सरकारमा निःसर्त सहभागी हुन सुझाब दिएका छन् । 

तीनकुनेस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा नेपालसहित सो पार्टीका नेताहरूसँग लामो छलफलमा गौतमले यस्तो सुझाब दिएका हुन् । 

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गौतमले नेपाललाई फूलमाला लगाएर नेपाल नेतृत्वको पार्टीलाई सरकारमा स्वागत गर्न प्रधानमन्त्री प्रचण्डलाई पनि आग्रह गरेका छन् । 

‘संविधानलाई ट्रयाकमा ल्याउन प्रचण्ड प्रमुख भूमिकामा देखिए पनि त्यसको आधा मुटु, आधा ब्रेन, आधा शक्ति माधवकुमार नेपाल हुन्,’ गौतमले भने, ‘माधवकुमार नेपाल त्यहाँबाट छुट्नुहुँदैन । प्रचण्डले उहाँलाई बोलाएर फूलमाला लगाएर गठबन्धनमा लैजानुपर्छ ।’ 

उनले अहिले सानै देखिए पनि एकीकृत समाजवादी प्रचण्डलाई यो भूमिकासम्म पुर्याउने प्रमुख पार्टी भएको बताए । 

सुझावित समाचार