रवि लामिछाने सरकारका प्रवक्ता

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बेलुकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

सूचना प्रविधि तथा सञ्चारमन्त्री नबनेसम्मका लागि लामिछानेलाई प्रवक्ताकाे जिम्मेवारी दिइएको एक मन्त्रीले जानकारी दिए ।

सुझावित समाचार