हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा सोमबार हात बाँधिएका एक बालक रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार १२ वर्षीय मुस्कान भनिने सुजन थिङ दुबै हात बाँधिएको अवस्थामा रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
बालकको हत्या भएको आशंकामा अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
घटनामा संलग्न भएको आशंकामा स्थानीय दुईजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको उनले जानकारी दिए । बालकको शवको पोस्टमार्टमपछि वास्तविकता खुल्ने प्रवक्ता कार्कीले बताए ।
घरबाट करिब २ सय मिटरको दूरीमा रहेको सामुदायिक वनमा रुखमा कपडाको पासो लगाई बालक झुन्डिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।