अमेरिकी राजदूतले प्रधानमन्त्रीलाई बधाई दिँदै भने- मिलेर काम गर्न आतुर छाैँ

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण
अमेरिकी राजदूतले प्रधानमन्त्रीलाई बधाई दिँदै भने- मिलेर काम गर्न आतुर छाैँ

तस्बिर : अमेरिकी राजदूत डिन आर थम्सनको ट्विटर वालबाट।

प्रधानमन्त्रीमा नियुक्त भएकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राज्य अमेरिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ।

यहाँस्थित अमेरिकी राजदूत डिन आर थम्सनले प्रधानमन्त्री दाहाललाई बधाई दिएका हुन्। 

राजदूतले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्, ‘नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो साझेदारी अझ सुदृढ गर्न र लोकतन्त्र, मानवअधिकार तथा आर्थिक वृद्धिका लागि मिलेर काम गर्न अमेरिका आतुर छ।’ 

सुझावित समाचार