बागमतीका मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत

शुक्रबार, ८ पुष, २०७९
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेले मुख्यमन्त्री पदबाट शुक्रबार दिएको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गरेका हुन् । 

प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको भए पनि प्रदेशमा अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई नै आफ्नो कार्यभार सम्हालिरहन तोकेका छन् । 

मंसिर ४ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पाण्डेले राजीनामा नदिई बिहीबार संघीय सांसदको सपथ लिएपछि आलोचना भएको थियो ।  

सुझावित समाचार