अब आइएमई गरेको पैसा नेपाल एसबिआई बैंकबाट पनि झिक्न मिल्ने

मंगलबार, ५ पुष, २०७९
डिजिटल संस्करण

आइएमई र नेपाल एसबिआई बैंकबीच सम्झौता भएको छ। सम्झौताअनुसार आइएमईका जुनसुकै शाखा सञ्जालमार्फत पठाइएको पैसा नेपाल एसबिआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ।

सोमबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच आइएमईका सिइओ खिलेन्द्र पौडेल र बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याललगायत दुवै संस्थाका उच्चपदस्थ कर्मचारीको सहभागिता थियो।

सुझावित समाचार