ढकालको नेतृत्वमा नाफिजमा नयाँ कार्यसमिति

बिहिबार, २९ मंसिर, २०७९
डिजिटल संस्करण

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)मा नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार सम्पन्न १३औँ वार्षिकोत्सव तथा छैटौँ महासभाबाट नाफिजमा पुनः मोदनाथ ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । 

यसअघि पनि नाफिज अध्यक्षमा ढकाल नै थिए । १३ सदस्यीय कार्यसमितिमा महासभाले सात पदाधिकारी र चार सदस्य निर्वाचित गरेको छ । कार्यसमितिले बाँकी दुई सदस्यको मनोनयन गर्नेछ ।

महासभामा निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गरिएको हो । 
उपाध्यक्षमा परमेश्वर अधिकारी र मेनुका कार्की निर्वाचित भएका छन् । 

महासचिवमा नवीन ढुंगाना, सचिवमा दीपक भट्ट र कोषाध्यक्षमा दिलु कार्की निर्विरोध चयन भएका छन् । 

सदस्यहरूमा निकेश खत्री, विजय पराजुली, सबिना कार्की  र राजाराम न्यौपाने निर्वाचित भएका छन् ।

सुझावित समाचार