नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालमा अपाचे ओनर्स ग्रुप (एओजी) राइड सम्पन्न गरेको छ । कम्पनीले नेपालगन्जदेखि मेरो प्लानेटसम्म राइडको आयोजना गरेको हो ।
कार्यक्रममा ३७ जना राइडरको सहभागिता रहेको जनाइएको छ । टिभिएसले काठमाडौं, कोसी, गण्डकी, लुम्बिनी, नारायणीलगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको जनाएको छ । यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ ।
टिभिएसको दुईपांग्रे सवारीसाधनका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले देशभरमा एक सय ४० भन्दा बढी डिलरमार्फत बिक्री तथा बिक्रीपछिको सेवाका साथै पार्टपुर्जाहरू सहजतापूर्वक उपलब्ध गराउँदै आएको जनाएको छ ।