९२ किलो गाँजासहित तीन आरोपित पक्राउ

सोमबार, २६ मंसिर, २०७९
डिजिटल संस्करण

सिराहा प्रहरीले जिल्लाको उत्तरवर्ती धनगढीमाई नगरपालिका– १२ कुसमाहा खुट्टीखोलाक्षेत्रबाट प्रतिबन्धित गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिराहा भगवानपुर गाउँपालिका– ४ का ४४ वर्षीय शिवनाथ मण्डल, ५५ वर्षीय बेचु मण्डल र सप्तरीको बोदेबर्साइन नगरपालिका– ९ का ४८ वर्षीय रामकुमार साह छन् । 

सिराहा प्रहरीका अनुसार उनीहरूले चारवटा प्लास्टिकको बोरामा प्याक गरिएको ९२ किलो गाँजा बोकेर उत्तरबाट दक्षिणतिर आउँदै थिए । 


पक्राउ परेकाहरूविरुद्ध प्रहरीले लागुऔषध मुद्दामा सिराहा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको सिराहा प्रहरीका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय लहान र विष्णुपुरकट्टीको संयुक्त टोलीले चार दिनअघि पनि गाँजासहित तीनजनालाई पक्राउ गरेको थियो । 

See More On

सुझावित समाचार