सबै जनताले मानव अधिकार पाएको महसुस गर्न सकेनन् : उपराष्ट्रपति पुन

बिहिबार, २२ मंसिर, २०७९
डिजिटल संस्करण

उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाहरूको पूर्ण रूपमा लागू गर्न ध्यानाकर्षण गराएका छन्।

बिहीबार काठमाडौंमा आयोजित १४औँ राष्ट्रिय मानव अधिकार महाभेलालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले मानव अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाहरूलाई पूर्ण रूपमा लागू गराउन सबैको ध्यानाकर्षण गराएका हुन्।

उनले मानव अधिकार उल्लंघनका घटनाहरू अझै पनि नरोकिएको उल्लेख गरे। सबै जनताले मानव अधिकार पाएको महसुस गर्न नसकेको बताउँदै आवाजविहीन, शोषित, उत्पीडित र राज्यले पछि पारेका जाति र वर्गहरूका लागि मानव अधिकार आवश्यक रहेको उल्लेख गरे।

‘वास्तविक अर्थमा मानव अधिकार आवाजविहीन, शोषित, उत्पीडित, सीमान्तकृत र राज्यले पछाडि पारेका जाति र वर्गहरूका लागि हो। मानव अधिकारको कार्यान्वयन समाजको उन्नति र प्रगतिका लागि हो,’ उनले भने, ‘यी सबै कारण मानव अधिकारको सम्मान, संरक्षण र पालना गर्न अनिवार्य छ। मानव अधिकारका प्रत्याभूतिका लागि कानुनी व्यवस्थाको पूर्ण लागू गर्न आवश्यक छ।’

सुझावित समाचार