राजनीतिक स्थिरता नआउँदा विकासले गति लिन सकेन : नेता सिंह

सोमबार, १९ मंसिर, २०७९
डिजिटल संस्करण
राजनीतिक स्थिरता नआउँदा विकासले गति लिन सकेन : नेता सिंह

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा राजनीतिक स्थिरता नआएका कारण विकासले गति लिन नसकेको बताएका छन्। सोमबार नेपाल सितेरियो कराँते केन्द्रीय शाखा डोजोले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले यस्तो बताएका हुन्।

उनले संविधान कार्यान्वयन गर्न आवश्यक ऐनको अभावका कारण विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिक साथै खेल क्षेत्रको विकासमा सोचेजस्तो कार्य गर्न सम्भव नभएको बताए। संविधान कार्यान्वयन गर्न तीन तहको सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्ने भए पनि उचित कानुन बनाउन बाँकी रहेकाले जनसेवा प्रवाहमा सोचेजस्तो कार्य गर्न नसकेको उनको भनाइ थियो।

त्यसैले, अबको दिनमा आफूले संघीयता कार्यान्वयनका साथै तीन तहको सरकारलाई अधिकारसम्पन्न बनाउन कानुन निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, सिंहले समाजमा सकारात्मक ऊर्जा प्रदान गर्न खेल र खेलाडीले खेल्ने भूमिकाको प्रशंसा गरे। सिंहले समग्र खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने दाबी गरे।

सुझावित समाचार