महान्यायाधिवक्ता कार्यालयकाे लिफ्टमा थुनिए कर्मचारी

शुक्रबार, १६ मंसिर, २०७९
डिजिटल संस्करण

महान्यायाधिवक्ता कार्यालयमा लिफ्ट बिग्रिएर आधा घन्टा कर्मचारी थुनिएका छन्। कार्यालयमा खाजा पुर्याउन गएका क्यान्टिनका एक कर्मचारी र एक सरकारी वकिल थुनिएका हुन्। 

२ बजेतिर लिफ्ट चढेका उनीहरू लिफ्ट बिग्रिएर नखुलेपछि आधा घन्टा थुनिएका हुन्। खाजा पुर्याउन गएका कर्मचारी नआएपछि क्यान्टिन सञ्चालकले खोज्ने क्रममा लिफ्टमा रहेको थाहा पाए। 

उनले प्रयास गर्दा पनि लिफ्ट खुलेन। पछि ५–६ जना भएर काठ, रडलगायतको सहायताले लिफ्टको ढोका खोलेर उनीहरूकाे उद्धार गरिएकाे थियाे।  

See More On

सुझावित समाचार