‘असली हिमाली’को ‘अल इन वान वास’ बजारमा

बिहिबार, १५ मंसिर, २०७९
डिजिटल संस्करण

हिमालयन नेचुरल कम्पनी असली हिमालीले हिमाली अल इन वान वास उत्पादन बजारमा ल्याएको छ।

कम्पनीले नेपालको प्राकृतिक जडिबुटी तथा वनस्पतिबाट उत्पादन भएको विश्वको पहिलो प्राकृतिक र सबैभन्दा किफायती अल इन वान वास बिहीबारदेखि बजारमा ल्याएको हो।

एउटै अल इन वान वासले जिउ नुहाउने साबुन, स्याम्पू, कन्डिसनर, सेभिङ र फेसवास सबैको काम गर्ने कम्पनीले जनाएको छ। यो खर्चका हिसाबले पनि एकदमै सस्तो मानिएको छ। अहिले बजारमा उपलब्ध विभिन्न साबुन, स्याम्पू, कन्डिसनर, सेभिङ र फेसवास खरिद गर्दा १ हजार रुपैयाँभन्दा माथि पर्छ। तर, असली हिमालीको उक्त उत्पादन मूल्य ७९ रुपैयाँमा मात्रै पाइनेछ। 

असली हिमालीले रसायन तथा कुनै पनि हानिकारक तत्व नमिसाइएको उत्पादनः साबुन, स्याम्पू, कन्डिसनर, जिउ र कपालमा लगाउने तेल, मुखमा लगाउने स्क्रब, सेभिङ बार र फेसवास आमउपभोक्ताको लागि ल्याएको हो। 

कम्पनीको कृषि उत्पादन प्रयोग गरिएको मुस्ली, इनर्जी बार, नेचुरल भाइटामिन – सी क्यान्डी र अरू खाद्य उत्पादन मध्येः चिया, मह, हुम्ली नुन, बेसार, मसला मिश्रण, सुकेको मुस्ताङ स्याउ र खुरपानी आदि आमउपभोक्ताबीच लोकप्रिय बन्दै आएको छ।

असली हिमालीको बडी केयर र खाद्य उत्पादन शाकाहारी र जनावरमा परीक्षण नगरिएको उत्पादन हो। असली हिमालीको खाद्य उत्पादन नेपाल सरकारको खाद्य प्राविधि तथा गुण नियन्त्रण र बडी केयरका अवयवहरू अमेरिकाको रजिस्ट्रार कर्पोरेसनबाट पनि नियन्त्रण भएको छ।

अरू कम्पनीहरूभन्दा असली हिमालीको गुणस्तरीयता निकै फरक र ग्राहकमैत्री छ। ग्राहकहरूले कुनै पनि मन नपराएको असली हिमालीको प्रयोग गरेको सामान र त्यसको बिल एकपल्टसम्म असलीलाई बुझाएमा सोको भुक्तानी भएको रकम बिना कुनै सोधपुछ फिर्ता पाउनेछन्। 

यस्तो प्रतिबद्धता दिएर असलीले  रसायन र प्लास्टिकमुक्त सामाग्री ग्राहकमाझ ल्याई हरित क्रान्ति र स्वदेशी उत्पादन उच्च गुणस्तरीय को हुन्छ भन्ने सन्देश दिएको छ।

असली हिमालीका उत्पादन काठमाडौ‌ंमा साथीमार्टको स्टोरहरू (मैतिदेवी, सानेपा, बालकुमारी, टोखा) लगायत लाजिम्पाट, ठमेल, बानेश्वर, पोखरा, जनकपुर, दाङका स्टोरहरूमा पाउन सकिन्छ। साथै दराज, ग्यापु मार्केट प्लेस, स्मार्टडोको र सस्तोडिलजस्ता अनलाइन मार्टमार्फत खरिद गर्न सकिने कम्पनीको भनाइ छ।

सुझावित समाचार