एससिटी र सुलभ–पेबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवाका लागि सम्झौता

बिहिबार, १५ मंसिर, २०७९
डिजिटल संस्करण

भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र सुलभ–पे (एन क्यास वालेट)बीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ।

काठमाडौंमा बुधबार एक कार्यक्रमबीच एससिटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र सुलभ–पे का प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौतामा हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान गरे।

सम्झौतापछि सुलभ–पे प्रयोगकर्ताले सुलभ–पे वालेटमार्फत स्मार्ट क्युआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्नेछन् भने सुलभ–पेमार्फत विभिन्न व्यापार–व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्युआरमार्फत भुक्तानी लिन स्मार्ट क्युआर सुविधा लिन सक्नेछन्।

सुझावित समाचार