दोस्रो विश्वकपमा सय गोल पूरा

बिहिबार, १५ मंसिर, २०७९
डिजिटल संस्करण

सन् १९३० मा उरुग्वेले पहिलोपटक विश्वकप आयोजना गर्यो । यस विश्वकपमा १६ टोली मात्र सहभागी थिए । दोस्रो संस्करण इटालीमा भएको थियो । यसै संस्करणमा विश्वकपकै सय गोल संख्या पूरा भएको थियो । यो सफलता इटालीका एन्जेलो स्चिभियोले राखे ।

अमेरिकाविरुद्धको प्रतिस्पर्धामा उनले खेलको १८औँ मिनेटमा इटालीलाई १–० को अग्रता दिलाए । संयोगवश यही स्चिभियोकै गोल विश्वकपमा सय गोल संख्या हुन पुग्यो । 

सो खेलमा स्चिभियोले ह्याट्रिक लगाउँदा इटालीले अमेरिकामाथि ७–१ को फराकिलो जित निकाल्यो । स्चिभियोले खेलमा २९औँ र ६४औँ मिनेटमा गोल गरेका थिए । दोस्रो संस्करणमा १६ राष्ट्रले १७ खेलमा प्रतिस्पर्धा गरेका थिए । विश्वकपमा ७० गोल भयो । यसपटक प्रतिखेलको गोल औसत ४.१२ रह्यो । 

See More On

सुझावित समाचार