दोलखाका १० विवादित केन्द्रमा बिहीबार मतदान

बुधबार, १४ मंसिर, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते अर्थात् बिहीबार मतदान हुने भएको छ। 

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार भोलि हुने निर्वाचनका लागि तयारी पूरा भएको र चारवटा बुथमा करिब आठ हजार मतदाता रहेको जानकारी दिए। 

आयोगको यही मंसिर ११ गते बसेको बैठकले दोलखाको बैत्यश्वर गाउँपालिका– ६ का बैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठ मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सातवटा मतदान केन्द्रमा यही मंसिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको थियो।
        
आयोगले बैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र भएको मतदानलाई पनि रद्द गरी पुनः मतदान गर्ने निर्णय गरी उक्त दिन पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशनसमेत दिएको थियो।      
 

See More On

सुझावित समाचार