लक्ष्मी क्यापिटलले सनफार्मरमा लगानी गर्ने

बुधबार, १४ मंसिर, २०७९
डिजिटल संस्करण

निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजतप्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य ऊर्जा सेवाप्रदायक कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यतासम्बन्धी सम्झौता भएको छ । सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सनफार्मरका प्रमुख सञ्चालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सापकोटाले मर्चेन्ट बैंकिङ तथा परामर्श सेवामा विगतको सफल अनुभव रहेकाले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पुर्याइरहेको सनफार्मरसँग सहकार्र्य गर्दै लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए । अन्य परियोजनाका लागिसमेत यो सम्झौता कोसेढुंगा साबित हुने उनले विश्वास व्यक्त गरे । 

राज्य अमेरिकामा सञ्चालित कम्पनी सनफार्मरले सन २०१४ देखि नेपालमा चार सयभन्दा बढी सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरिसकेको जनाइएको छ । यस कम्पनीले सौर्य ऊर्जासँगै स्वास्थ, शिक्षा र कृषिको समेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ हालसम्म ७८ लाख ४२ हजारभन्दा बढी युनिट स्वच्छ विद्युत् उत्पादन गरिसकेकोे क्यापिटलले जनाएको छ । 

सुझावित समाचार