सप्तरीमा घाँटी रेटी एकजनाको हत्या

मंगलबार, १३ मंसिर, २०७९
डिजिटल संस्करण

सप्तरीको कञ्चनरूप नगरपालिका– १ बैरबामा घाँटी रेटी एकजनाको हत्या भएको छ। गएराति साढे ९ बजेदेखि बेपत्ता रहेका सोही ठाउँका ५० वर्षीय पप्पु राउतको शव घाँटी रेटी हत्या भएको अवस्थामा फेला परेको हो।

बेपत्ता रहेका राउतको खोजीका लागि प्रहरीमा जानकारी गराइएको थियो। मंगलबार बिहान राउतको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश सिंहले जानकारी दिए।

घाँटी रेटी हत्या गरिएको शव फेला परेसँगै घटनाको सूक्ष्म अनुसन्धान थालिएको सिंहले बताए। ‘हामीले सूक्ष्म अनुसन्धान थालेका छौँ। त्यसका लागि तालिमप्राप्त कुकुरसमेत ल्याएका छौँ,’ उनले भने।

See More On

सुझावित समाचार