नागोया साहित्य उत्सव २०२२ सम्पन्न

सोमबार, १२ मंसिर, २०७९
डिजिटल संस्करण

अनेसास जापानको आयोजनामा नागोया साहित्य उत्सव २०२२ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा जापानका लागि नेपाली राजदूत  डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो।

पुस्तक विमोचन, गजल महफिल, बहस र खुला रचना वाचनलगायतका खण्डहरूमा विभाजन गरी कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा सुबिन न्यौपाने कान्जिभाइको कवितासंग्रह ‘कमरेडको जनै’ र श्यामराज राईको लघुकथासंग्रह ‘हाम्रो बाटो’ एकैसाथ विमोचन भएको थियो।

प्रवासमा नेपाली भाषा र साहित्य विषयमा यसका विविध पाटाहरूमाथि साहित्यिक बहस गरिएको थियो। बहस खण्डमा अनेसास केन्द्रका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला, नेपाली भाषा तथा साहित्यका अध्येता जापानी नागरिक हारुहितो नोजु तथा महिला अभियन्ता सविता पन्थीलाई वक्ताका रूपमा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा जापानमा बसेर साहित्य सिर्जना गरिरहेका सर्जकहरूबाट खुला रचना वाचन खण्डमा विविध विधाका रचनाहरू वाचन भएका थिए। सोही कार्यक्रममै अनेसास जापानले आयोजना गरेको जापानव्यापी कविता प्रतियोगिताका उत्कृष्ट तीन कविलाई पुरस्कार अर्पण गरिएको थियो। साथै कार्यक्रममा प्रत्यक्ष सहभागी सम्पूर्ण सर्जक, वक्ता तथा सहयोगीदाताहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।

सुझावित समाचार