यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख आठ हजार एक सय ६४ अर्थात् खसेको मतको ८४.८२ प्रतिशत मतगणना भइसकेको छ। निर्वाचनका लागि कुल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको थियो।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानमध्ये हालसम्म एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। रासस