उरुग्वेविरुद्ध पोर्चुगलको परीक्षा

उरुग्वेका स्ट्राइकर लुइस सुआरेज रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलविरुद्ध प्रतिस्पर्धा गर्दै

सोमबार, १२ मंसिर, २०७९
डिजिटल संस्करण

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले घानाविरुद्धको खेलमा इतिहास नै बनाए । विश्वकपको लगातार पाँच संस्करणमा गोल गर्ने रोनाल्डो एक्लो खेलाडी बने । सो खेलमा उनी म्यान अफ दी म्याच पनि भए । अब पोर्चुगलले सोमबार उरुग्वेसँग प्रतिस्पर्धा गर्दै छ । यस खेलमा रोनाल्डोले नेतृत्व गरेको पोर्चुगल टोलीलाई अर्काे ‘टास्क’ थपिएको छ । दोहास्थित लुसेल आइकोनिक मैदानमा पोर्चुगल लुइस सुआरेज सम्मिलित उरुग्वेसँग भिड्दै छ । सन् २०१६ को युरो विजेता पोर्चुगलले घानाविरुद्धको रोमाञ्चक ३–२ को जितसँगै समूह ‘एच’मा तीन अंक जोडेर बलियो स्थितिमा छ । लगातार दुई खेलमा जित निकाली प्रशिक्षक फर्नान्डो सान्तोषले पोर्चुगललाई प्रिक्वार्टरफाइनलमा पु¥याउने लक्ष्य राखेका छन् । जितसँगै पोर्चुगल शीर्ष स्थानमा रहनेछ । 

लियोनल मेसी र सुआरेजबीचको सम्बन्ध निकै सुमधुर भएकाले पनि रोनाल्डोसँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिन्छ । सदाबहार मेसीको प्रतिस्पर्धामा रहँदा रोनाल्डो र सुआरेजको समेत सम्बन्ध त्यति सुमधुर छैन । त्यसैले पनि सुआरेज पोर्चुगललाई मात्र नभएर पोर्चुगललाई पाखा लगाउन खरो रूपमा मैदानमा उत्रनेछन् । अट्याकिङ लाइन बलियो बनाएको उरुग्वे पहिलो खेलमा दक्षिण कोरियासँग अंक बाँड्न बाध्य भएको थियो । दोस्रो खेलमा औसत टोली पोर्चुगललाई पराजित गर्दै डिएगो अलोन्सोको उरुग्वे नकआउटको सम्भावना कायम राख्न चाहन्छ । हार र बराबरीले मात्रै उरुग्वेको सम्भावना निकै कम हुनेछ । 

पोर्चुगिज प्रशिक्षक सान्तोषलाई टोलीमा समेत दबाब छैन । राफयल लिआओ निकै लयमा छन् । नुनो मेन्डिससमेत राम्रो विकल्प बनेका छन् । रोनाल्डोसँगै पोर्चुगललाई ब्रुनो फर्नान्डेज, जोआओ फेलिक्स, बर्नान्डो सिल्भा, जोआजो कन्सेलो, रुवेन डिआसजस्ता खेलाडीको साथ छ । यता, उरुग्वेसमेत सुआरेजसँगै डार्विन नुनेज, फेडेरिको भाल्भर्डे, इडिसन काभानी, डिअगो गोडिन, रोड्रिगो बेनटान्करको उत्कृष्ट प्रदर्शनमा पहिलो जित निकाल्ने दाउमा छ । दुईबीच हालसम्म भएको तीन भेट बराबरको स्थितिमा छ । 

See More On

सुझावित समाचार