कडा सुरक्षाबीच बाजुराको नन्देश्वरी केन्द्रमा पुनः मतदान जारी

शनिबार, १० मंसिर, २०७९
डिजिटल संस्करण

बाजुरा जिल्लाको  बुढीनन्दा नगरपालिका ५ नन्देश्वरी मावि मतदान केन्द्रमा बिहान ७ बजेबाट पुन: मतदान सुरु भएको छ। 

मंसिर ४ गतेको निर्वाचनमा कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडपपछि मतदान स्थगित गरिएको थियो। 

निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा स्थगित गरिएको निर्वाचन निर्वाचन आयोगले आज (१० मंसिर )का लागि गर्ने निर्णय गरेको थियो। 

बिहान ७ बजेबाट सुरु भएको मतदान केन्द्रमा मतदाताको उल्लेखनीय उपस्थिति रहेको सहायक प्रहरी निरिक्षक ईश्वर नायकले बताए।

मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ५ सय बढी सुरक्षाकर्मीको सुरक्षाबीच मतदान भइरहको नायकले बताए। 

मतदान केन्द्रमा ९ सय ९९ मतदाता छन्। अहिलेसम्म जम्मा १ सय ५० मत खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

सुझावित समाचार