मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा एकको मृत्यु

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

काठमाडौं–कुलेखानी सडकखण्डमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मकवानपुर हुँदै वीरगंजबाट काठमाडौं जाँदै गरेको टाटा सुमो इन्द्रसरोबर गाउँपालिका– २ सल्लेमा भएकाे दुर्घटनामा अन्य सातजना घाइते भएका छन् ।

ना. १ ज ४४६६ नम्बरको सुमो सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। मृतकको पहिचान खुल्न बाँकी छ।

सुझावित समाचार