रुपन्देही ५ (ख)मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

रुपन्देही क्षेत्र नं ५ (ख)मा जनमत पार्टीका उम्मेदवार चन्द्रकेश गुप्ता विजयी भएका छन्। कुल ३४  हजार ७८३ मत गणना हुँदा गुप्ता १२ हजार ९४१ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृत चिन्तामणी शर्माले जानकारी दिए।

गुप्ताका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फकरुद्दिन खानले ११ हजार ६५१ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार रामचन्द्र यादवले ४ हजार ८३८ मत पाएका छन्।

सुझावित समाचार