सप्तरी २ मा प्रमुख निर्वाचन अधिकृतले शंकास्पद गतिविधि देखाएको भन्दै विरोधमा उत्रिएका दलका कार्यकर्ताले राजविराजमा टायर बालेर प्रदर्शन गरेका छन् ।
मतपेटिकाको सिल नम्बर फरक पाइएको र त्यसलाई प्रमुख निर्वाचन आयुक्तले लुकाउन खोजेको भन्दै जसपा, लोसपा र माओवादीका कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।
यसअघि उनीहरूले मतगणना बहिस्कार गर्दै जिल्ला निर्वाचन कार्यालयबाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।