पर्सामा नेपाली कांग्रेसले पहिलो जित निकालेको छ। पर्सा क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा कांग्रेसका श्याम पटेल निर्वाचित भएका हुन्।
निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार रामनरेश प्रसाद यादवलाई एक हजार ६ सय ५७ मत अन्तरले पछि पार्दै पटेल प्रदेश सभा सदस्यमा विजयी भएका हुन्।
मत गणनाको अन्तिम परिणामअनुसार पाँच दलीय गठबन्धनका साझा उम्मेदवार पटेलले १३ हजार ७८४ मत ल्याउँदा जसापा–एमालेका साझा उम्मेदवार यादवले १२ हजार १ सय १७ मत पाएका छन्।