गोरखामा गठबन्धन भारी मतले अघि, कति ल्याए प्रचण्डले ?

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

गोरखा क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईं र २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन्।

गोरखा क्षेत्र नम्बर २ मा माओवादी अध्यक्ष प्रचण्डले सात हजार २७९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २ हजार १० मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका एमालेका अब्दुस मियाँले एक हजार ६९८ मत प्राप्त गरेका छन्।

यता, क्षेत्र नम्बर १ मा चार हजार ६२४ मतगणना सकिँदा बजगाईले तीन हजार १६२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतले ९३६ मत प्राप्त गरेका छन्। यहाँ राष्ट्रिय  स्वतन्त्र पार्टीका सुवर्ण रोकाले १३७ मत पाएका छन्।

See More On

सुझावित समाचार