एमाले अध्यक्ष ओलीको अग्रता कायमै

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायमै राखेका छन् । झापा–५ मा निर्वाचनमा प्रतिस्पर्धा गरेको ओलीले आफ्नो अग्रता कायम राखेका हुन् । २६ हजार पाँच सय १३ मत गणना हुँदा ओलीले प्रतिस्पर्धी कांग्रेसका डा खगेन्द्र अधिकारीलाई पाँच हजार ७३ मतले पछि पारेका छन् ।

ओलीले १३ हजार दुई सय २८ मत पाउँदा अधिकारीले सात हजार सात सय पाँच मत पाएका छन् । हालसम्म एक हजार पाँच सय ३७ मत बदर भएको छ । 

झापा–५ मा प्रतिनिधिसभाका लागि ओली र अधिकारीसहित २५ जनाले प्रतिस्पर्धा गरेका छन् । यहाँ एक लाख दुई हजार एक सय ५० मत खसेको छ ।
 

सुझावित समाचार