बर्दिया क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायम राखेको छ । पछिल्लो मतपरिणामअनुसार नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुर सिंह थारुले पाँच हजार चार सय २९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार संजय गौतम चार हजार ८ सय १९ मतसहित थारुलाई पछ्याइरहेका छन् ।
नेकपा एमालेका उम्मेदवार लक्ष्मण ज्ञवालीले तीन हजार पाँच सय १८ मत ल्याएका छन् ।