दार्चुलामा बडुलाई झिनो मतको अग्रता

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

दार्चुलामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार दिलेन्द्र बडुले सुरुवाती अग्रता लिएका छन्। 

गणना भएको ७९९ मध्ये ४५३ मत ल्याएर बडुले नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठकुन्नालाई झिनो मतको अग्रता लिएका हुन्। ठकुन्नाले ३२६ मतका साथै बडुलाई पछ्याइरहेका छन्।

यस्तै राप्रपाले ९ र नेमकिपाले १ मत पाएका छन्। अहिलेसम्म कुल बदर मत १० रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।  

सुझावित समाचार