सप्तरी १ मा पनि जनमतले लियो अग्रता

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

सप्तरी क्षेत्र नम्बर १ मा पनि जनमत पार्टीले अग्रता लिएको छ। जनमत पार्टीका उम्मेदवार जयकान्त राउत २ सय ३८ मत प्राप्त गरी अग्रता लिएका हुन्।

नेपाली कांग्रेसका रामदेव साहले २ सय १४ नागरिक उन्मुक्ति पार्टीकी टीकालक्ष्मी चौधरी २ सय १ र जनता समाजवादी पार्टीका नवलकिसोर साह १ सय ७८ मत प्राप्त गरेका छन्।

जयकान्त जनमत पार्टीका अध्यक्ष सीके राउतका दाइ हुन्। अध्यक्ष राउत सप्तरी-२ मा निकटतम् प्रतिस्पर्धीभन्दा दोब्बर मतले अगाडि छन्। राउतले १०२० मत प्राप्त गर्दा जसपा अध्यक्ष उपेन्द्र यादवले ४५२ मत प्राप्त गरेका छन्।

सुझावित समाचार