सप्तरीको राजविराज नगरपालिका– ११ स्थित वडा कार्यालयमा रहेको मतदान स्थलमा रोकिएको मतदान पुनः सुचारु भएको छ। बिहानबाट सुरु भएको मतदानमा प्रतिनिधिसभा सदस्यका लागि दिनुपर्ने मतपत्रको सट्टा प्रदेश सभाकै मतपत्र दिइएपछि मतदान रोकिएको थियो।
सोही मतपत्र लिएर ३९ जनाले मतदानसमेत गरिसकेका थिए। यसबारेमा मतदाताहरूले विरोध जनाएर होहल्ला गरेपछि मतदान रोकिन पुगेको थियो।
सर्वपक्षीय छलफलबाट मतदान गरिसकेका ३९ जनाले पुनः प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने सहमति भएपछि पुनः मतदान सुचारु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।