उदयपुर कारागारमा सकियो मतदान

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

जिल्ला कारागार उदयपुरमा मतदान सकिएको छ। मानुपातिकतर्फको अस्थायी मतदाता नामावलीमा नाम रहेका ६२ मध्ये ६१ कैदीबन्दीले मतदान गरेका हुन्।

निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाका अनुसार मतदाता नामावलीमा ६२ जनाको नाम रहे पनि एक जनाको नाम थर नमिल्दा  ६१ जनाले मतदान गरेका हुन्। योसँगै कारागारमा मतदान सकिएको उनले बताए।

‘निर्वाचन कसुरमा नपरेका र मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले समानुपातिकतर्फ मतदान  गर्नुभयो,’ कोइरालाले भने। उदयपुर कारागारमा एक सय ३० जना कैदी र ९५ जना बन्दी गरी दुई सय २५ जना कैदीबन्दी छन्।

See More On

सुझावित समाचार