रुपन्देहीका ५९ जना कैदीबन्दी मतदान गर्दै

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

रूपन्देहीमा पहिलोपटक कैदीबन्दीले पनि मतदानमा भाग लिइरहेका छन् । 
जिल्ला कारागारमा रहेका ४ सय ५५ जना कैदीबन्दीमध्ये ५९ जना मतदानमा सहभागी भइरहेका छन्। 

कारागारमा राखिएको अस्थायी केन्द्रबाट प्रक्रिया पूरा गरेका ५९ कैदी, सात कारागार कर्मचारी र तीनजना मतदान गराउन खटिएका कर्मचारीसहित ६९ जनाले प्रतिनिधि सभा समानुपातिकमा मतदान गर्ने मतदान अधिकृत गंगाप्रसाद अधिकारीले जानकारी दिए ।  

सुझावित समाचार