अर्थमन्त्री शर्माले यमुना नन्द नमुना माविमा गरे मतदान

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

अर्थमन्त्री तथा रुकुम पश्चिम प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्माले मतदान गरेका छन्। 

उनले गृह जिल्ला रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँमा रहेको यमुना नन्द नमूना मावि मतदान स्थलको क मतदान केन्द्रमा मतदान गरेका हुन्। 

बिहान ७ बजे नै मतदान केन्द्रमा पुगेर उनले मतदान गरे। पहिलो मतदाताका रुपमा उनले मतदान गरेका हुन्। उनीसँगै उनका परिवारका सदस्यले समेत मतदान गरेका छन्। 

मुसिकोट नगरपालिका ५ सेरिगाउ घर रहेका शर्माले यमुना नन्द नमूना मावि मतदान स्थलबाट मतदान गर्दै आएका छन्। 

सुझावित समाचार