चैनपुर मतदान केन्द्रनजिकै शंकास्पद वस्तु फेला

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

बझाङ सदरमुकाम चैनपुर को मतदान केन्द्रनजिकै शंकास्पद वस्तु फेला परेको छ। आज बिहानै मतदाता मतदान स्थलतिर जानेक्रममा मतदान स्थलनजिकै शंंकास्पद वस्तु फेला परेको हो।

शंकास्पद वस्तु फेला परेपछि मतदातामा त्रास उत्पन्न भएको छ। शंकास्पद वस्तुनजिकै प्रवेश गर्न नेपाल आर्मीको टोलीले रोक लगाएको छ। 

चैनपुरको बालमन्दिरनजिकै श‌ंस्कास्पद वस्तु बाल्टिनमा बेरिएको अवस्थामा  फेला परेको जिल्ला प्रहरी कार्यालय का डिएसपी जागेश्वर भण्डारीले बताए। उनका अनुसार उक्त वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली खटिएकाे छ। 

See More On

सुझावित समाचार