भाेट हाल्न घर फर्कँदै मतदाता (तस्बिरहरु)

शनिबार, ३ मंसिर, २०७९
डिजिटल संस्करण

आइतबार हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता जिल्ला फर्कन थालेका छन्। मंगलबारदेखि नै उपत्यका छाड्न थालेकाहरुको संख्या शनिबारसम्म पाँच लाख पुग्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुमान छ।

चुनावी सुरक्षालाई ध्यानमा राख्दै निर्वाचन आयोगले मतदानको अघिल्लो दिन राति १२ बजेदेखि यातायातमा रोक लगाएकाले पनि दलहरुले नै मतदातालाई गाउँ लैजाने व्यवस्था मिलाएका छन्। कोटेश्वर, जडिबुटी क्षेत्रमा भोट हाल्न गाउँ फर्कनेहरुको भीडलाई नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगानाले कैद गरेका छन्।

तस्बिरहरु :

सुझावित समाचार