दार्चुलाको गोकुलेश्वरमा प्रेसर कुकर बम फेला

शनिबार, ३ मंसिर, २०७९
डिजिटल संस्करण

दार्चुलाको गोकुलेश्वरमा प्रेसर कुकर बम फेला परेको छ । नेकपा विप्लव समूहले दार्चुला बैतडी जोड्ने चमेलिया पुलमा बम राखेको हो । बमलाई नेपाली सेनाको विष्फोट टोलीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

विप्लव समूहले निर्वाचनमा डर, भय, त्रास सिर्जना गर्न कुकरभित्र सिसा र माटो राखेको पाइएको  उनले बताए । बिहान २ बजे नै पुलमा बम देखेपछि सवारी साधनहरू रोकिएका थिए।

See More On

सुझावित समाचार